मेस्सीले गरे बार्सिलोना छोड्ने संकेत




एजेेेन्सी
बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले क्लब छाड्ने संकेत दिएका छन् । क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा मेस्सीले आफ्नो भविष्य बार्सिलोनामै रहनेमा शंका रहेको बताएसँगै उनले क्लव छाड्ने संकेत दिएका हुन् ।

पछिल्लो समय मेस्सीको क्लबका अध्यक्ष र प्रशिक्षकसँग राम्रो सम्बन्ध रहन बताइएको छ । विशेष गरी खेलाडी अनुबन्धको विषयमा उनीहरूबीच तिक्तता बढ्दै गएको थियो । यो सिजन बार्सिलोना उपाधिविहीन बनेपछि यसले थप प्रश्न तेस्र्याएको थियो ।

क्लबसँग मेस्सीको सम्झौता २०२१ को जुनसम्म रहेको छ । तर, नयाँ सम्झौता नवीकरण छलफललाई बीचमा रोक्दै मेस्सीले सिजन सकिनुअघि नै निर्णय नलिने बताएका थिए । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेस्सी सोचमग्न छन् ।

उनले क्लबको योजनामा तल्लीन भएर लाग्ने खेलाडी मात्र आफ्नो टोलीमा राख्ने यसअघि प्रस्ट पारेका छन् । तर बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ भने मेस्सीलाई क्लबमै राख्न चाहन्छन् । उनले मेस्सीलाई क्लबमै राख्न हरसम्भव प्रयास गर्नेछन् । तर, मेस्सी नयाँ सम्झौता गर्नेबारे सोचिरहेका छैनन् ।

अब कोम्यानसँग सुदृढ सम्बन्ध रहने सके मात्र मेस्सी बार्सिलोना लामो समय रहने सम्भावना हुनेछ । मेस्सीले यस ट्रान्सफर विन्डोमा क्लब छाड्न सहज छैन । उनको रिलिज क्लब ७ सय मिलियन युरो छ। बार्सिलोनाले मेस्सीलाई बेचेर उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्ने भए पनि मेस्सीस्तरको खेलाडी पाउन मुस्किल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News