सन्दीपले लिए दुई विकेट, जमैकाको तेस्रो जित


 



काठमाडौं, भदौ १४
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैला तलाबाजले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेटमा जित हात पारेको छ ।

शनिबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दै जमैकाले तेस्रो जित हात निकालेको हो । ट्रीनिडाड एन्ड टोबेगोमा भएको खेलमा जमैकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको प्याट्रियट्स १ सय १० रनमा समेटियो । दोस्रो जितको खोजीमा रहेको प्याट्रियट्स १९ ओभर ४ बलमा पुरै विकेट गुमायो ।

प्याट्रियट्सका किरन पावेल र एभिन लुइसले समान २१र२१ रन बनाउनु बाहेक अन्य खेलाडीले खुलेर खेल्न सकेनन् । प्याट्रियट्सलाई सस्तैमा समेट्न कार्लोस ब्रेथवेटले ३ विकेट हात पारे । यस्तै, सन्दीप लामिछाने, भिरासमी पर्मौल र फिल्ड इड्वार्ड्सले समान २–२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका ग्लेन फ्लिप्सले सर्वाधिक ७९ रनको अर्धशतकीय पाली खेले । यस्तै, जर्मेन ब्ल्याक्वुडले २७, नरुम बोन्नरले १६ तथा आशिफ अलीले १४ रनको योगदान गरे । प्याट्रियट्सका रयाद इम्रिटले ३ विकेट हात पारे ।

जितसंगै जमैकाले ६ खेलमा ३ जित हात पारेको छ । जमैका अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता, प्याट्रियट्स भने ६ खेलमा १ मात्र जित सहित तालिकाको पुछारमा यथावत छ ।

नेपालका ग्लोबल आइकन सन्दीप जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ६ खेलमा ९ विकेट लिन सफल छन् । उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा छन् ।

प्रकाशित मिति: १४ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्