स्पेनको सानदार जित


 


स्पेन, भदौ २२ एजेन्सी

कप्तान सर्जियो रामोसको दुई गोल सहयोगमा स्पेनले युईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको हो ।

स्पेनको जितमा कप्तान रामोसले दुई गोल गर्दा युवा स्टार अन्सु फाती र फेरान टोरेसले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

घरेलु मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा आइतबार राति भएको एकपक्षीय खेलमा स्पेनले खेलो तेस्रो मिनेटमा नै कप्तान रामोसो गोलबाट अग्रता बनाएको थियो । अन्सु फातीमाथि सर्गी क्रिभस्टभले पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा रामोस चुकेनन् । ११औं मिनेटमा रामोसकै पासमा डेब्यु खेल खेलिरहेका सर्जियो रिगुइलनको प्रहार पोस्टबाट थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।

१६औं मिनेटमा थियागो अलकान्ताराको क्रसमा कप्तान रामोसको हेडरलाई युक्रेनका गोलरक्षक एन्ड्रि प्याटोभले दोस्रो प्रयासमा बचाए । १८औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अन्सु फातीको प्रहारमा गोलरक्षक नै बाधक बने । त्यसपछि पनि स्पेनले लगतार पोस्ट आक्रमण बुन्दा युक्रेनको रक्षापङ्ति निकै व्यस्त बनेको थियो ।

२१औं मिनेटमा जेसस नाभासको प्रहारलाई बोग्डानले ब्लक गरे । २३औं मिनेटमा अन्सु फातीको प्रहार पोस्टबाट थोरै बाहिरियो । २६औं मिनेटमा ड्यानिय ओल्मोको लो क्रसमा जेरार्ड मोरेनोलाई डिफ्लेक्ट हुदै आएको बललाई फातीले गरेको ओभर हेड किकलाई माइकोला माटीभियान्कोले गोललाईनबाट बचाए ।

२९औं मिनेटमा कप्तान रामोसले ड्यानिल ओल्मोको कर्नरमा हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० ले अघि बढाए । त्यसको तीन मिनेटपछि नै १७ वर्षीय युवा स्टार फरवार्ड फातील्े गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । सिनियर टोलीबाट दोस्रो खेल खेलिरहेका फातीले सर्जियो रिगुइलनको पासमा गोल गर्न सफल भएका थिए ।

४१औं मिनेटमा युक्रेनले पहिलो पोस्ट आक्रमण बुन्दा माइहालाईचिन्कोको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले सहजै नियन्त्रणमा लिए । ४४औं मिनेटमा अलकान्ताराको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

स्पेनले दोस्रो हाफमा पनि युक्रेनलाई दवावमा राखेको थियो । ६२औं मिनेटमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याटोभले बचाए । लगत्तै मोरेनोले गोल गरेपनि मान्यता पाएन । झन्डै २५ यार्डबाट रिगुइलनको शक्तिशाली प्रहारलाई गोलरक्षक प्याटोभले नियन्त्रणमा लिन नसकेको बललाई अफसाइड पोजिसनमा रहेका मोरेनोले गोल गरेपनि मान्यता पाएन ।

७७औं मिनेटमा ओस्कार रोड्रिग्वेजको प्रहार बारमा लागेर बाहिरदा स्पेन अर्को गोल थप्न असमर्थ रह्यो । ७८औं मिनेटमा अन्सु फाती अर्का गोल गर्नबाट चुके । ८४औं मिनेटमा अलकान्ताराको क्रसमा फेरान टोरेसले गोल गर्दै स्पेनको फराकिला जित पक्का गरे । इन्ज्युरी समयमा यारेमचुकले प्रहारमा स्पेनका गोलरक्षक डेभिड हे गेया नै बाधक बन्यो ।

जितसँगै स्पेन लिग ‘ए’ ४ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा २ अंक जोडेर जर्मनी तेस्रो तथा १ अंकसहित स्वीट्जरल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्