Deshko News
१४ मंसिर २०८०, बिहिबार

विश्वकप फाइनलकै झल्को दिँदै फ्रान्सको जित


 


फ्रान्स, भदौ २४ एजेन्सी

सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेविनै विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियामाथि सानदार जित हात पारेको छ ।

कोरोना संक्रणमका कारण एमबाप्पे टोलीमा नरहेपनि फ्रान्सले घरेलु मैदानमा क्रोएसियामाथि ४–२ को पूनरागमन जित हात पारेको हो । २०१८ मा रसियामा भएको विश्वकपको फाइनलमा पनि फ्रान्सले ४–२ कै जित निकाल्दै विश्व च्याम्पियन बनेको थियो ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजमन, डायोट उपमेकानो र ओलिभर जिरुउडले गोल गरे । एक गोल उपहार पाएको थियो । क्रोएसियाका डिजान लोभरेन र जोसिप ब्रेकालोले गोल गरे ।

स्टेट डि फ्रान्स पेरिसमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली क्रोएसियाले खेलको १७औं मिनेटमा डिजान लोभरेनको गोलबाट अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई फ्रान्सका डिफेन्डरले हेडमार्फत क्लियर गर्ने प्रयास गरेपनि क्लियर हुन नसकेको बललाई लोभरेनले नियन्त्रणमा लिदै एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

२५औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले क्रोएसियाको प्रहारलाई ब्लक गर्दै अर्को गोल टारे । ३३औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले उत्कृष्ट बचाउ गर्दा फ्रान्स बराबरीबाट चुक्यो ।

४३औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । एन्थोनी मार्सियलबाट फर्लान्ड मेन्डी हुदै विसाम विन यडरबाट मार्सियललाई नै आएको पासलाई ग्रिजमनले जाली चुमाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले आत्मघाती गोल गरेपछि फ्रान्सले खेलमा २–१ को अग्रता लिन सफल भयो । विसाम विन यडरको लो क्रसलाई मार्सियलले गरेको प्रहार क्रोएसियाका गोलरक्षकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

५५औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । माटियो कोभासिसको पासमा जोसेप ब्रेकालोले आफसाइड बिट ट्रयाप गर्दै पेनाल्टी बक्सबाट दुई डिफेन्डर मेन्डी र लेङ्लेटलाई पबट गर्दै गरेको प्रहारले पोस्टको दशा लिएको थियो । त्यसको १० मिनेटपछि एन्टोइन ग्रिजमनको कर्नरमा डायोट उपमेकानोले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई ३–२ ले अघि बढाए ।

७७औं मिनेटमा ओलिभर जिरुउडले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई ४–२ को पूनरागमन जित दिलाए । मार्सेलो ब्रोजोभिकले पेनाल्टी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा जिरुउड चुकेनन् । ८९औं मिनेटमा निकोलो भ्लासिकको प्रहार पोस्टमा लागेर फर्कदा क्रोएसिया गोलअन्तर घटाउनबाट चुक्यो ।

यस जितसँगै फ्रान्स लिग ‘ए’ ३ मा अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अपराजित नै रहेको पोर्चुगल लगोलअन्तरमा अगाडि छ । स्वीडेन र क्रोएसियाले अंकको खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्