नेपाली क्रिकेटरको तलब बढ्यो, कसको कति ?


 


काठमाडौं, भदौ २६

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको २०१९ को पारिश्रमिक तलब खेलाडीको खातामा पठाएको छ । क्यानको केन्द्रिय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले खेलाडीको हरेक ग्रेडमा पारिश्रमिक १० हजारका दरले बढाएर पठाएको छ । ग्रेड ए का खेलाडीले मासिक ४५ हजारका दरले पठाएको छ । ग्रेड बी का खेलाडीले ३५ र सी मा रहेका खेलाडीले २५ हजार मासिकका दरले पठाएको छ । यस अघि ए ग्रेड खेलाडीले ३५ हजार, बी ग्रेडकाले २५ हजार र सी ग्रेडका १५ हजार प्राप्त गर्दै आएका थिए ।

क्यानले २०१९ को ग्रेडका ए र बी मा ८–८ जना खेलाडीलाई राखेका छ । सी ग्रेडमा ६ जना खेलाडी छन् । २०१९ मा राम्रो प्रर्दशन गरेका विनोद भण्डारी ग्रेड ए मा छन् । २०१९ मा खासै अन्तर्राष्ट्रिय खेल नखेलेका स्पिनर वसन्त रेग्मीले ग्रेड बी को पारिश्रमिक पाउने छन् । तीव्र गतिका बलर अभिनाश बोहरा र आरिफ शेख ग्रेड बी मा छन् । अभिनाश बोहराले खातामा पैसा आइसकेको पुष्टि गरेका छन् ।

२०१९ मा खेलाडीको ग्रेड

ग्रेड ए ः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी र दीपेन्द्र सिंह ऐरी ।

ग्रेड बि ः रोहित कुमार पौडेल, अभिनाश बोहरा, सुशन भारी, मोहम्मद आरिफ शेख, ललित नारायण राजवंशी, सन्दीप जोरा, पवन सरार्फ र वसन्त रेग्मी ।

ग्रेड सी ःकुशल भुर्तेल, राशिद खान, ईशान पान्डे, राजु रिजाल, प्रदीप ऐरी र कुशल मल्ल ।

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्