राशिदभन्दा सन्दिपको राम्रो प्रदर्शन


 


जमैका, भदौ २६ एजेन्सी

क्यारेबियन प्रिमियर लिग सिपिएल सिजन २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तानका राशिद खानले भन्दा उत्कृष्ट प्रर्दशन गरेका छन् ।

सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनल र राशिद रहेको बार्बाडोस ट्राइडेन्स लिग चरणबाट बाहिरियो । सिपिएलको फाइनल खेल्न बाँकी रहँदा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिदै यस सिजनको सिपिएल अन्त्य गरे । सन्दीपको इकोनमी रेट ५.२७ रहँदा उत्कृष्ट प्रर्दशन २–८ छ ।

बार्बाडोसका राशिदले १० खेलमा ३६.२ ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ४९ रन खर्चेर ११ विकेटका साथ पाँचौ स्थानमा छन् । उत्कृष्ट प्रर्दशन २–२४ हुँदा इकोनमी रेट ६.८७ रहेको छ । सन्दीप एक खेलमा विकेट विहिन बने । राशिद दुई खेलमा विकेट लिन सकेनन् ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा अफगानिस्तानका स्पिनर मुजिब उर रहमान जमैकाबाट र सेन्ट लुसिया जुक्सबाट न्युजिल्यान्डका स्कर्ट कुग्गलेइजन १६ विकेटका साथ शीर्ष स्थानमा छन् । मुजिबले ११ खेलमा ४१ ओभर बलिङ गर्दै १ मेडनका साथ २ सय १७ रन खर्चेर १६ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ३–११ हुँदा इकोनमी ५।२९ छ ।

स्कटले १० खेलमा ३०।१ ओभर बलिङ गर्दै १ मेडनका साथ २ सय ३६ रन खर्चेर १६ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ४–३३ छ । इकोनमी ७।८२ छ । गुयानाका स्पिनर इमरान ताहिरले ११ खेलमा १५ विकेट लिदै दोस्रो स्थानमा छन् । ताहिरले ४१ ओभरमा २ मेडन २ सय ३९ रन खर्चेका छन् । उत्कृष्ट प्रर्दशन ३–१२ छ ।

तेस्रो स्थानमा जुक्सका मध्यगतिका बलर केस्रिक विलियम्स छन् । विलियम्सले ११ खेलमा १३ विकेट लिएका छन् । सन्दीपसँगै अफगानिस्तानका मोहम्मद नाबी सेन्ट लुसिया जुक्सबाट ११ खेलमा १२ विकेटका साथ चौथो स्थानमा छन् । पाँचौ स्थानमा रायद इम्रित, नविन उल हक, फवाद अहमद र राशिद खान ११ विकेटका साथ पाँचौ स्थानमा छन् ।

सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । सिपिएल भएका ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुबै मैदानको पिच स्पिनर उपयोगी थिए । सन्दीपले नियमित विकेट लिएर रनगतिमा अंकुश लगाउँदै जमैकालाई बलियो स्थानमा लगेका थिए ।

सिपिएलको फाइनलमा ट्रीनबेगो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सबीच बिहिवार प्रतिस्पर्धा हुने छ । जुक्सले दोस्रो सेमिफाइनलमा गुयाना एमेजन वारियर्सलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको थियो । सन्दीप अव उतैबाट इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्न यूएई जाने छन् । सन्दीप दिल्ली क्यापिटल्स र राशिद सनराइजर्स हैदराबाद बाट आइपिएल खेल्ने छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्