प्रिमियर लिग : आर्सनलको विजयी सुरुवात


 



काठमाडौं, भदौ २७
इङलिस प्रिमियर लिग अन्तर्गत पहिलो खेलबाटनै आर्सनलले विजयी सुरुवात गरेको छ । आर्सनलले फुलहयामलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा अलेक्जांड्रे लकाजेट, ग्याब्रियल म्गाल्हाएज र पिएरे एमरिक अउबामायेंगले एक एक गोल गरेका थिए ।

यसै सिजन चेल्सीबाट आर्सनल पुगेका ब्राजिलियन प्लेमेकर विलियनले दुई गोल असिस्ट गरेका थिए । आर्सनलका अलेक्जांड्रे लकाजेटले यस सिजनको प्रिमियर लिगको पहिलो गोल गरेका हुन् ।

प्रकाशित मिति: २७ भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्