नेयमारमाथि सात खेलको प्रतिबन्ध लाग्न सक्ने


 



पेरिस सेन्ट–जर्मनका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने देखिएको छ।

आइतबार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो । गोन्जालेजलाई नेयमारले थप्पड हानेको दृश्य भार क्यामराहरूले खिचेका थिए ।

पीएसजीकै गृहमैदानमा मार्सेले उसलाई १–० ले हराएको खेलमा अन्त्यतिर खेलाडीहरूबीच व्यापक झगडा भएको थियो र त्यसैक्रममा नेयमारले थप्पड हानेका थिए । उक्त खेलमा नेयमार लगायत पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो । गोन्जालेजले आफूमाथि जातिवादी गाली गरेकाले थप्पड हानेको नेयमारले बताका छन् ।

तर गोन्जालेजले नेयमारलाई जातिवादी गाली गरेको कुनै प्रमाण फेला नपरेको बताइएको छ।
फ्रान्सको व्यावसायिक फूटबल नियमन संस्था एलएफपीले घटनाको समीक्षा गरेर नेयमारमाथि कति खेलको प्रतिबन्ध लगाउने भनी निर्णय लिनेछ । उक्त संस्थाको नियमानुसार नेयमारलाई सात खेलको प्रतिबन्ध लाग्न सक्ने समाचारहरुमा जनाइएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्