नेयमारमाथि थप कारवाही



पेरिस, असोज १ एजेन्सी

फ्रान्सेली फुटबलको सर्वोच्च निकायले फ्रान्सेली लिग वन अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन पीएसजी र मार्सेबीच खेलको घटनालाई लिएर अनुशासन कारवाही सुनाएको छ ।

लिग वन अन्तर्गत दोस्रो चरणको खेलमा मार्सेले १(० को जित दर्ता गर्दा खेलको इन्ज्युरी समयमा भएको घटनामा ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेल अवधिभर नै रेफ्रीले १२ पटक पहेंलो कार्ड देखाउनु परेको थियो । तर अन्तिम समयमा खेलाडी एक आपसमा हात हालाहालमा उत्रदा ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

रेफ्रीले हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो ।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी हातले हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए । नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताए । उनले खेलपछि बोल्दै अल्भारोलाई टाउको पछाडी नभएर मुखमा मुक्का हान्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

अनुशासन समितिले नेयमारलाई रातो कार्डको एक खेल प्रतिबन्धमा थप एक खेल प्रतिबन्ध लगाएको छ । यसबाहेक समितिले नेयमारले प्रतिबन्ध पूरा भएपछि पुनरागमन गरेको खेलमा पनि सोहि व्यवहार देखाएमा स्वतः एक खेल प्रतिबन्ध थपिने निर्णय पनि गरेको छ ।

मिडफिल्डर पारेडेसले पनि थप एक खेल प्रतिबन्ध भोग्ने भएका छन् । डिफेन्डर जोर्डन अमाभीलाई खुट्टाले हानेका पीएसजीका डिफेन्डर लेभिन कुर्जावाले भने ६ खेल प्रतिबन्ध भोग्नेछन् । अमाभीले पीएसजीका खेलाडीलाई मुक्का हानेपछि कुर्जावाले जवाफमा लात हानेका थिए । अमाभीलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । मार्सेका फरवार्ड डारियो बेनडेट्टोले पनि २ खेल प्रतिबन्ध भोग्नेछन् ।

समितिले नेयमारले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे विस्तृत छानविन गर्ने प्रष्ट पारेको छ । यस्तै एन्जल डी मारियाले मार्सेका खेलाडीलाई थुकेको भन्ने आरोप रहेकाले त्यसमा पनि छानविन हुने लिगले बताएको छ ।

पीएसजीले बुधबार भएको लिग खेलमा मेट्जलाई १(० ले पराजित गर्दा प्रतिबन्धमा परेका यी खेलाडी खेलेका थिएनन् । अब नेयमार र पारेडेसले थप १(१ खेल तथा कुर्जावाले ५ खेल गुमाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News