युभेन्ट्सले अस्वीकार गरेपछि स्वारेज बार्सिलोनामै रहने पक्का


 


युभेन्ट्स, असोज ५ एजेन्सी

अनेक अडकलबाजीका बीच बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले युभेन्ट्स जाने सम्भावना भने टुंगिएको छ ।

युभेन्ट्सले उरुग्वेली सेन्टर फरवार्डलाई भित्राउन सम्भावना नरहेको जनाएको छ । सुआरेजले बार्सिलोना छाड्ने चर्चाका बीचमा युभेन्ट्स जाने सबैभन्दा बलियो सम्भावना रहेको बताइएको थियो । सुआरेजले इटालीको नागरिकता प्राप्त गर्नका लागि बिहीबार भाषा परीक्षा समेत दिएका थिए । तर उनले नागरिकता प्राप्त गर्ने समय लाग्ने भएपछि युभेन्टस पछि हटेको हो ।

‘हामीले सुआरेजलाई हाल क्लब भित्राउने सुचीमा राखेका छैनौं’, युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाराटिकीले भने,‘ नागरिकताको कारणले पनि उनीलाई यहाँ ल्याउने वियषमा बाधा उत्पन्न भएको छ । यसले बढी समय खर्चने देखिएकोले उनलाई ल्याउने योजनाबाट हामी पछि हटेका छौं ।’

पछिल्लो घटनाक्रमले गर्दा सुआरेज यो सिजन बार्सिलोनामै रहने सम्भावना रहेको छ । बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई क्लब छाड्नका लागि सल्लाह दिएका थिए । तर, क्लबसँगको सम्झौताका कारण उनी बस्ने नै सम्भावना रहे कोम्यानले सुआरेजलाई टोलीको अर्को एक खेलाडीका रुपमा लिने बताएका थिए ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमेउले पनि जोआन गाम्पर ट्रफी अघि सुआरेजले क्लब छाड्ने विषयमा पक्का गरेका थिएनन् । सरुवा बजारका लागि दुई साता भन्दा कम समय रहँदा सुरआरेज नयाँ क्लबमा जाने सम्भावना भने तत्कालका लागि टरेको देखिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्