नयाँ यात्रामा अटुरो भिडाल


 


काठमाडौं, असोज ६

अर्टुरो भिडालले नयाँ यात्रा तय गरेपछि बार्सिलोनाका समर्थकलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । बार्सिलोना छाडेर चिलियिन अन्तर्राष्ट्रिय दुई वर्षका लागि इन्टरमा आबद्ध भएका छन् ।

भिडालले बार्सिलोनाको जर्सी लगाउने मौका पाउँदा गर्व लागेको बताएका छन् । ‘बार्सिलोना जस्तो सफल क्लबमा उत्कृष्ट २ वर्ष बताएर बाहिरिँदा म सबैबाट बिदा लिन चाहन्छु,’ उनले इन्स्टाग्राममार्फत भनेका छन्, ‘उत्कृष्ट खेलाडी र त्यस्तै समर्थककाबीचमा रहेर बार्सिलोनाको जर्सी लगाउँदा मलाई गौरव महसुस भएको छ ।’

भिडालले क्लबसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । ‘म परिवार, आफ्ना सहकर्मी, प्रशिक्षक, डाक्टर, स्टाफ र उत्कृष्ट समर्थक जसले म प्रति सम्मान दर्शाएले सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘म अब जीवनको यात्रा यात्राको सुरुवात गर्दैछु । तर पनि उनीहरु सबै मेरो हृदयमा रहनेछन् । सि यू सुन । लेट्स गो बार्सिलोना ।’

बार्सिलोनासँगको सम्झौता अर्को वर्षको समरसम्म रहेपनि प्रशिक्षक रोनाल्ड कोम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको बताएपछि उनले इन्टर जाने निर्णय लिएका हुन् । सन् २०१८ मा जर्मन महारथी बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्