राकिटिचले गरे सन्यास घोषणा


 


काठमाडौं, असोज ६ एजेन्सी

क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । आक्रमक मिडफिल्डर राकिटिचले सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेको क्रोएसिया फुटबल महासंघले जनाएको छ ।

क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर राकिटिचले क्रोएसियाका लागि १ सय ६ खेलमा १५ गोल गरेका छन् । क्रोएसियन आमा बाबुबाट उनी स्विजरल्याण्डमा जन्मिएका उनले स्विजरल्याण्डको उमेर समूहको राष्ट्रिय टिमबाट खेलेपनि उनले सिनियर टिम भने क्रोएसिया रोजेका थिए ।

३२ वर्षीय राकिटिचले २००७ मा युइएफए युरो छनोट २००८ का छनोट खेलमा इस्टोनियाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै क्रोएसियाबाट सिनियर टोलीमा डेब्यु गरेका थिए ।
१२ सेप्टेम्बर २००७ मा एन्डोराविरुद्ध उनले क्रोएसियाका लागि दोस्रो सहभागितामा पहिलो गोल गरेका थिए ।

क्रोएसियाबाट उनले तीन युरोकप र दुई विश्वकप खेलेका थिए । क्रोएसिया २०१८ को विश्वकपमा उपविजेता बन्दा उनी टिमका महत्त्वपूर्ण सदस्य रहेका थिए । २०१९ मा क्रोएसियाबाट चार खेल खेलेपनि उनी गोलविहीन बने ।

राकिटिच यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट स्पेनिस क्लब सेभिया पुगेका छन् । उनी ६ वर्षपछि सेभिया फर्किएका हुन् । बार्सिलोनामा ६ सिजन रहँदा राकिटिचले चारपटक स्पेनिस ला लिगा, चार कोपा डेल रे, दुईपटक सुपर कोपासहित च्याम्पियन्स लिग, युइएफए सुपर कप र क्लब विश्वकप एक एकपटक जितेका थिए ।

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्