सन्दिप आज पनि परेनन् प्लेइङ एघारमा


 



काठमाडौं, असाजे ९
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ।

चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिङ रोजेका छन् ।

यस खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आज पनि परेनन् । उनलाई दिल्लीले प्लेइङ एघारमा राखेको छैन। यस अघि दिल्लीले खेलेको आइपिएलको यस सिजनको पहिलो खेलमा पनि सन्दीप प्लेइङ एघारमा परेका थिएनन् ।

दिल्लीले यस अघि खेलको पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो भने चेन्नइले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा भने राजस्थान रोयल्ससँग पराजित भएको थियो ।

चेन्नईको प्लेइङ एघारमा कप्तान महेन्द्र सिंह धोनी, शेन वाटशन, फाफ डुप्लेसी, मुरली विजय, साम कुरान, केदार जादभ, रविन्द्र जडेजा, दीपक चहर, पियुष चावला, जोस हजेलवूड, रुतुराज गायकवाड परेका छन् ।

दिल्लीको टीममा प्लेइङ एघार भित्र कप्तान श्रेयस अय्यर, पृथ्वी शा, शिखर धवन, शिमरोन हेटमायर, रिषव पन्त, मार्कोस स्टोइनिस, अक्सर पटेल, अमित मिश्रा, कागीसो रबाडा, एनरीच नोर्जे, अवेश खान परेका छन्।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्