Deshko News
९ आश्विन २०८०, मंगलबार

सडक मर्मत नहुँदा यात्रु मारमा



धनकुटा, असोज २०

धनकुटामा गाउँगाउँमा विस्तार भएका सडक भत्किएर यातायात सञ्चालनमा नआउंदा स्थानीयबासिन्दा समस्यामा परेका छन् । वर्षातका बेला भत्किएका अधिकांश ग्रामीण सडक मर्मत नहुँदा यातायात सञ्चालनमा आउन नसकेका हुन् ।

दशैंमा घर जाने यात्रु सबैभन्दा बढी मारमा परेका छन् । त्यस्तै ग्रामीण क्षेत्रबाट आकस्मिक कामले सदरमुकाम आउनुपर्नेहरु पनि समस्यामा छन् ।

सडक सञ्चालनमा नआउँदा गाउँगाउँसम्म दैनिक उपभोग्य सामान लैजान तथा गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन समस्या भएको स्थानीय ब्यापारीले गुनासो गरेका छन् । धनकुटामा १ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल छ । तर १ सय ५ किलोमिटर सडकमात्रै वर्षैभर सञ्चालनमा आउने गरेको जिल्ला विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News