आगलागीबाट तीन लाख क्षति


 


राजविराज, असोज २०

सप्तरीको छिन्नमस्ता गाविस–२ स्थित सखडामा आज पसलमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । स्थानीय इज्राइल मन्सुरीको सखडा बजारस्थित घुम्ती पसलमा विद्युत् चुहिँदा आगलागी भई पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यसैबीच इप्रका भारदहबाट खटिएको प्रहरी टोलीले भारदह–१ मा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । बरामद गरिएको कपडालाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्