भारतीय लरीमा बस ठोक्किँदा दुई नेपालीको मृत्यु



उर्लाबारी, असाेज २२

कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट आइरहेको यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु भएको छ। २४ यात्रु घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नम्बरको यात्रुवाहक बस टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडि ठोकिएको थियो।

दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको हो। गम्भीर घाइते उनीहरुको उपचारका क्रममा आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News