बाल नृत्य र गायन प्रतियाेगिता सम्पन्न


 


भाेजपुर, असाेज २२

शनिबार रिदम बाल सञ्जाल अन्नपुर्णले राष्ट्रिय गीतमा अन्तर बाल क्लव स्तरिय नृत्य तथा बालबालिकाविच गायन प्रतियोगीताको आयोजना गरेको छ । सञ्जालकी अध्यक्ष सजिता पाण्डेको अध्यक्षता र जिल्ला बाल सञ्जाल सचिवलय सदस्य गणेश निरौलाको प्रमुख आतिथ्य र जिल्ला बाल सञ्जाल सदस्य सुभ आषीस राईको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

नृत्य तर्फको प्रतियोगीतामा नमुना बाल क्लव अन्नपुर्ण ४ प्रथम , सृजनशी बाल क्लव अन्नपुर्ण ५ दोश्रो र हेन्खबुङ बाल क्लव अन्नपुर्ण ७ तेश्रो भएको छ । गायन तर्फ संघर्ष राई प्रथम, जोनिष राई दोश्रो र सन्जिना राई तेश्रो भएका छन् । विजेता बालक्लव तथा बालबालिकालाई क्रमश ३ हजार २ हजार १ हजार नगद र प्रमाण पत्र वितरण गरीएको थियो

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्