भाेजपुरमा कसरी मनाइदैछ दशैं ?


 


भाेजपुर, असाेज २२

हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याईँ मनाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको मान्यता रहँदै आएको छ । यसै क्रममा  जिल्ला स्थित सुरक्षा निकायले शिद्धकाली मन्दिरमा विशेष पुजा आराधाना गरी फुलपाति भित्राएका छन् ।

पुजामा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा, गोरखबहादुर गण भोजपुरका निमित्त गणपति मेजर हरी श्रेष्ठ जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव उपरिक्षक काजीकुमार आचार्य तथा शशस्त्र बल टक्सार गुल्मका गुल्मपति समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्