आइपीएल : मुम्बई इन्डियन्स बन्यो प्ले अफमा पुग्ने पहिलो टीम


 



काठमाडौं, कार्तिक १५
इन्डियन प्रिमियर लिग (आइपिएल)को साबिक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।

चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको जित दर्ता गरेसँगै प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो । चारपटकको विजेता मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ ।

मुम्बईले आठ जित निकालेको छ । दुई चरणमा सञ्चालन भइरहेको आइपिएलमा चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । 

महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नई प्रतियोगिताको साविक उपविजेता टोली हो । तर, यस सिजनमा चेन्नईको प्रदर्शन खराब नै रह्यो । चेन्नईले अहिलेसम्म १३ खेलमा पाँच जित निकालेको छ । आठ खेलमा चेन्नईले हारको सामना गरेको छ । चेन्नईको अंकगणितीय आधारमा मात्र प्ले अफ स्थानको आशा बाँकी छ । १० अंकका साथ चेन्नई पुछारमा छ । 

आइपिएलको ४९औँ खेलमा कोलकाताले पहिलो ब्याटिङ गरी चेन्नईलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । चेन्नईले केवल चार विकेट गुमाएर १ सय ७८ रन बनाउँदै आइपिएलमा पाँचौँ जित दर्ता गर्न सफल भयो ।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्