मदिराले मातेका पतिले दाँतले टोकेरै छिने पत्नीको जिब्रो


 


भारतको लखनउको तहशिलस्थित भट्टा गाउँमा एक व्यक्तिले श्रीमतीको जिब्रो दाँतले टोकेर काटिदिएका छन् । एक रिपोर्टअनुसार रिचित नामका पुरुष मदिराको नशामा बेलुका जब घर पुगेर पत्नीलाई मरणाशन्न हुनेगरी कुटपिट गरे ।

प्रहरीमा परेको जाहेरीअनुसार कुटपिटका क्रममा घाँटी दबाउँदा बाहिर आएको पत्नीको जिब्रोलाई उनले दाँतले काटेर जिब्रो नै अलग गरिदिए । उनले पत्नीलाई हत्या गर्न खोजेका थिए त असफल भए ।

जब महिला कराएको आवाज छिमेकीले सुने अनि प्रहरीलाई खबर गरे । समयमै प्रहरी पुगेपछि घाइते महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ भने पतिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्