देशभर ७५ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौँ, ५ साउन । कृषि विभागका अनुसार साउन ४ गतेसम्म देशभर ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २ प्रतिशत बढी हो। गत वर्ष यही समयमा ७३ प्रतिशत धान रोपाइँ भएको थियो।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ९६.९९ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम ४६.८३ प्रतिशत धान रोपाइँ भएको छ।
कृषि विभागका प्रवक्ता तथा उपमहानिर्देशक राजेन्द्र कोइरालाले मनसुन अनुकूल रहेकाले रोपाइँको अवस्था गत वर्षभन्दा सुधारिएको जानकारी दिए।
धान विज्ञ डा. कृष्णकुमार मिश्रका अनुसार नेपालमा करिब ७५ प्रतिशत धानखेती आकाशे पानीमा निर्भर भएकाले वर्षा समयमै भए रोपाइँ पनि समयमै सम्पन्न हुने गर्दछ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







