गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?



महिला गर्भवति भएपछि यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन ? यो प्रश्नले महिला अनि पुरुष धेरै पीडित हुने गरेका छन् । यस सम्बन्धि गाउँ घरमा अाफ्नै धारणा छ भने सहर बजारमा पनि छुट्टटै धारणा बनाएको पाइन्छ ।

आधुनिक स्वास्थ्य क्षेत्रमा चाँही यो क्रियाकलाप गर्न हुन्छ कि हुँदैन ? हामीले डा. ज्योती अग्रवाललाई साेधेका थियौ अनि डा अग्रवालको टिप्स यस्तो छ जुन तपाईका लागि महत्वपूर्ण हुनसक्छ ।

पटकपटक गर्भपतन वा गर्भ खेरगएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्थामा गर्भवती भएका महिलाको पनि यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन ।

तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । गर्भावस्थामा यौन सम्पर्क राख्ने वा नराख्ने चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News