कागज उद्योगलाई कम्प्युटर प्रदान


 


computer

भोजपुर जेठ २४

भोजपुरको पश्चिम तिम्मा गाविसस्थित हाँसपोखरी हाते कागज उद्योगको प्रवद्र्धनको लागि कम्प्युटर वितरण गरिएको छ । सभासद जयन्ती राईको सांसद विकास कोष कार्यक्रम अन्तरगत यो उद्योगलाई २ थान कम्प्युटर र कम्प्युटर टेबल प्रदान गरिएको हो ।

तिम्मा गाविसमा भएको एक सार्वजनिक समारोहमा सभासद जयन्ती राईले उद्योगलाई कम्प्युटर हस्तान्तरण गरिन। कम्प्युटर सामग्री खरिदको लागि सांसद विकास कोषबाट १ लाख प्रदान गरिएको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्