तिहारपछि दिङ्लामा मालपाेत र नापी कार्यालय


 


uttam-chapagainकाठमाडाैं, कार्तिक २

भाेजपुरकाे उत्तरी क्षेत्र दिङ्ला बजारमा तिहारपछि मालपाेत र नापी कार्यालय खुल्ने भएका छन् । यस क्षेत्रका अगुवा तथा नेपाली कांग्रेसका युवा नेता उत्तम कुमार चापाँगाइले मंगलबार भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव माेहनकृष्ण सापकाेटालार्इ दिङ्लामा कार्यालय नहुँदाकाे समस्याकाे बारेमा दिङला क्षेत्रका स्थानीयवासीकाे समस्या लिपिबद्द बुझाएका थिए ।

मन्त्रालयमा यसअगाडी देखी नै कार्यालय स्थापनाका लागि दबाव दिदै अाएका चापागाइले पुन समस्या राखेपछि सचिव सापकाेटाले तिहारपछि कार्यालय सञ्चालन हुने बताएका छन् । जसका लागि तिहारपछि तीन जना कर्मचारी कार्यक्षेत्रमा पठाउनका लागि मंगलबार कर्मचारी समेत ताेकेका छन् ।

दिङ्लाकाे समस्या अन्त्यका लागि सचिव सापकाेटाले भूमिसुधार व्यवस्था विभागका निर्देशक गुरू रेग्गिलार्इ निर्देशन दिएका छन् । दिङ्लमा मालपाेत र नापी कार्यालय नहुँदा भाेजपुरका उत्तरी क्षेत्रका नागरिकले बर्षाेदेखी समस्या झेल्दै अाएका थिए । मालपाते कार्यालय र नापी कार्यालमा १४-१४ जनाकाे दरबन्दी भएपनि तत्काललार्इ तीन जना कर्मचारी पठाउन लागिएकाे हाे ।

यस क्षेत्रका स्थानीलयले कार्यालय स्थापनाका लागि लामाे समयदेखी माग राख्दै अाएका थिए । कार्यालय सञ्चालनमा अाएपछि उत्तरी क्षेत्रका करिब १४ गाविसका स्थानीयकाे माग पुरा हुने नेता चापागाइले बताए ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्