कांग्रेस महासमिति सदस्य रार्इकाे निधन


 


mitra-raiकाठमाडाैं, कार्तिक २

नेपाली कांग्रेस भाेजपुर क्षेत्र नं २ का महासमिति सदस्य मित्र रार्इकाे निधन भएकाे छ । फाेक्साेका क्यान्सरबाट पिडित रार्इकाे अाज विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएकाे हाे । यसअघि रार्इकाे त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भएकाे थियाे ।

भाेजपुर हाेम्ताङ ८ गुर्धुम घर भएका रार्इ नेपाली कांग्रेसकाे बाह्राै र तेह्राे महाधिवेशनमा भाेजपुर क्षेत्र नं २ बाट महासमिति सदस्य बनेका थिए । सुरूमा कम्युनिष्ट राजनीतिमा रहेका रार्इ पछि कांग्रेसकाे राजनीतिमा सक्रिय बनेका थिए । साथै उनले भारतीय गोर्खा सेनामा समेत सेवा  गरेका थिए यद्यपी पुरा अवधी भने भारतिय सेनमा उनि रहेनन् ।

रार्इकाे श्रीमती र एक छाेरा छन् । उनकाे उपचारका लागि हाेम्ताङ सेवा समाजले अार्थिक सहयाेग संकलन समेत गरेकाे थियाे । समाजले देश विदेशबाट करिब तीन लाख ५० हजार नगद सहयाेग संकलन गरेकाे थियाे ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्