कति छन् भाेजपुरमा गरिब ?


 


काठमाडाैं, कार्तिक ३

देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको सर्वेक्षणले देशका विभिन्न २५ जिल्लामा जम्मा १२ लाख ४० लाख ३ सय ५० घर परिवार रहेकोमा ३ लाख ५६ हजार ४ सय १५ परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको हो ।

गरिब परिवारलाई गरिब परिचय पत्र वितरण गरी थप सुविधा उपलब्ध गराउन सरकारले पहिलो चरणमा २५ जिल्लामा गरिब घर परिवार पहिचान बोर्ड गठन गरी सर्वेक्षण थालेको थियो । सो सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको छ ।

भाेजपुरमा जम्मा घररिवार संख्या २५ हजार ९ सय ७६ रहेका छन् भने गरिब घरपरिवार संख्या ८ हजार रहेका छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्