माछापुच्छ्रे बैंकले मोबाईल वालेट शुभारम्भ गर्दै


 


काठमाडौं, माघ २८
नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा नै पहिलो पटक माछापुच्छ्रे बैंक लि. ले आफ्नै मोवाईल वालेटको भर्चुअल माध्यमबाट शुभारम्भ गर्न लागेको छ । बैंकले बिहिबार मोबाईल वालेटको भर्चुअल शुभारम्भ गर्न लागेको हो ।

दिउँसो ३ बजे भर्चुअल माध्यमबाट मोबाईल वालेटको शुभारम्भ गर्न लागिएको बैंकका दायित्व व्यवस्थापन बिभाग प्रमुख सुनिल खतिवडाले जानकारी दिनुभयो ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जालतथा १९७ वटा एटीएमहरु तथाकरिब २ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्