टुँडिखेलमै उपराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अभद्र’ व्यवहार



काठमाडौं, फागुन ९
७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् ।

जब कि सबै अतिथि गण र सुरक्षाकर्मी उभिएर राष्ट्रपति भण्डारीको बिदाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बिदाइका लागि पर्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पुनको अगाडि उभिएर केही भनिरहेका प्रधानमन्त्री ओलीको हाउभाउ अस्वाभाविकजस्तो देखिन्छ ।

यो दृश्यका विषयमा चासो राख्दा स्रोतले भन्यो, ‘संसद् विघटनको विरोधमा उपराष्ट्रपतिले सार्वजनिक अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग अभद्र व्यवहार नै गर्नुभयो । तपाईँले संसद् विघटनको किन विरोध गरेको रु आखिर के गर्न खोज्नुभएको हो भन्दै उपराष्ट्रपति पुनसँग आक्रोश व्यक्त गर्नुभयो ।’ जवाफमा उपराष्ट्रपति पुनले ‘तपाईंले असंवैधानिक कदम र गतिविधि गर्ने, मैले संविधान र जनताको अधिकारको कुरा गर्न किन नहुने रु’ प्रतिप्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले बोल्दै गर्दा उपराष्ट्रपति पुनको ‘बडी ल्यांग्वेज’ नै असहज भएको थियो । पछाडिको सिटमा उभिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना केही असहज मानेजस्तो गर्छन् ।

तिमिल्सिनाले सापकोटाको अनुहारमा हेर्दा सापकोटा भने पुन र ओलीको वार्तालापमा ध्यान केन्द्रित गरिरहेका थिए । करिब दुई मिनेटजति यसरी गफिएपछि ओली आफ्नो सिटतर्फ बढ्छन् । पुनले केही भन्न खोजेपछि ओली अलिकति रोकिएर सुन्दै आफ्नो सिटमा पुग्छन् ।

करिब दुई मिनेटको यो असहज वार्तापछि उपराष्ट्रपति पुन सबैलाई नमस्कार गर्दै बाहिरिन्छन् । उपराष्ट्रपतिले सबैलाई हात जोडेर नमस्कार गरे पनि प्रधानमन्त्रीले कुनै अभिभावदन फर्काउँदैनन् । बरु मञ्चबाट झरिरहेका पुनतर्फ एकोहोरो हेरिरहन्छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News