कोरोना खोपले अस्पताल भर्ना हुने क्रम ८० प्रतिशत घटायो


 


एजेन्सी, फागुन १८
कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोपको पहिलो डोजले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था ८० प्रतिशतले घटाएको पाइएको छ ।

हालै बेलायतमा गरिएको अध्ययनमा खोपको पहिलो डोजका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशतभन्दा कमी आएको हो । खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको तथ्यांकले देखाएको छ ।

खोपको पहिलो डोज सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो । सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् ।

गएको हप्ता स्कटल्याण्डका स्वास्थ्य अधिकारीले पनि यस्तै तथ्यांक सार्वजनिक गरेका थिए । खोपको प्रभावकारिताले उत्साहित बनाएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्