चीन र दक्षिण अफ्रिकामा नक्कली कोरोना खोपको बिगबिगी


 


एजेन्सी, फागुन २०
चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरसविरुद्धको नक्कली खोप उत्पादन गरेको भेटिएको छ ।

नक्कली खोप बजारमा भेटिएपछि प्रहरीले त्यसमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ ।

चीन र दक्षिण अफ्रिकाका प्रहरीले कोरोना भाइरसविरुद्धका हजारौँ नक्कली खोप नियन्त्रणमा लिनुका साथै उक्त कार्यमा संलग्नलाई पक्राउ गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले चीनमा मात्र नम्कली खोप बनाउने ८० जनालाई पक्राउ गरेको छ । प्रहरीले कम्तीमा तीन हजार डोज नक्कली खोप बरामद गरेको बताइएको छ ।

यस्तै दक्षिण अफ्रिकाको गाउतेङमा गोदामबाट प्रहरीले तीन चिनियाँ तथा एक जिम्बाबेका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली खोपका २ हजार ४ सय डोज बरामद गरेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्