मलेसियामा एक नेपालीकाे मृत्यु


 


क्वालालाम्पुर, कार्तिक ५

बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत एक नेपाली मजदूरको सुतेकै अवस्थामा मृत्यु भएको छ । पाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई वालाकोनमा रहेको एक कम्पनीमा कार्यरत २६ बर्षीय केशवहादुर सोमैको सुतेकै अवस्थामा ज्यान गएको हो ।

दिनभरी साथीसँग घुमेका सोमै वेलुका खाना खाई करीव साढे ११ वजे तिर सुतेका थिए । विहान डिउटी जाने वेला हुँदा सम्मपनि नउठेपछि साथीहरुले उठाउने प्रयास गर्दा उनको मृत्यु भइसकेको बताइएको छ ।

रोजगारीको लागि उनी २७ महिना अगाडि मलेसिया आएका थिए । शवलाई पोसमार्टमको लागि स्थानीय सेरडाङ अस्पतालमा राखिएको छ । सोमैको श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्