भाेजपुरमा ३ सय आँखाका बिरामीको उपचार



भाेजपुर, कार्तिक ६

भोजपुरमा गत बुधबारबाट सुरु भएको तीन दिने निशुल्क आखाँ शिविरमा ३ सय भन्दा बढि आँखाका बिरामीहरुको उपचार गरिएको छ ।नेपाल नेत्र ज्योती संघ भोजपुर र आखाँ उपचार केन्द्र भोजपुरको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन गरिएको हो ।

भोजपुरको पुरानो डबली टक्सारमा भएको आँखा शिविरमा ५९ जनाको शल्यक्रिया सहित ३ सय ३५ जना बिरामीको आखा उपचार गरिएको आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ्गले जानकारी दिनुभयो । शिविरमा डाक्टर सौरभ पियाको नेतृत्वमा ९ जना विषेशज्ञ टोलीले उपचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News