राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त



काठमाडौं, बैशाख ६
राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छिन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन् । उनीहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो । -रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News