Deshko News
११ आश्विन २०८०, बिहिबार

चाैकीडाँडामा तिहार विशेष कार्यक्रम हुँदै



सुदीप अधिकारी
कार्तिक ७, भोजपुर

भाेजपुरकाे चाैकीडाँडास्थित ईन्द्रावती क्लब तिन्तामा बिभिन्न कार्यक्रमको आयोजना गरी शुभ दीपावली भब्य रुपमा मनाउने भएको छ। बिगत बर्षहरुझै यसपाली पनि क्लबले शुभ-दीपावलीको अवसरमा खुल्ला लोक नृत्य प्रतियोगिता र खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगीता आयोजना गर्न लागेको क्लबका अध्यक्ष अशोक राईले बताए ।

कार्यक्रम तीन दिन यही कार्तिक ११, १२ र १३ गते आयोजना गरिने उनले जानकारी दिए । प्रतियोगितामा दुबै बिधातर्फ प्रथम, द्वितिय र त्रितिय हुने प्रत्येक समुहलाई क्रमश: रु १०हजार,  ७ हजार पाँच सय ५ हजार प्रदान गरिने छ ।

दर्शकबाट उत्कृष्ट नृत्यलाई पनि पुरस्कृत गरिने छ । पब्लिक च्वाइस डान्स भनेर यो पुरस्कारको रकम  ४ हजार राखिएको छ। २०७१ सालमा स्थापित यो क्लबले बिभिन्न चाडपर्ब र बिभिन्न खेल, कलाकारिता तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ।

गाउँका युवालाई सहभागी गराई स्थानीय सामाजिक संस्थाहरुले यस्ता बिभिन्न सिर्जनसिल काम गर्नाले स्थानिय युवामा सकारात्मक प्रभाब पर्ने कुरा नेपाली कांग्रेस ईलाका नं १ का नवनिर्बाचित अध्यक्ष्य युवा नेता शुभास अधिकारी बताउँछन्। जिल्लाको उत्तरी यस गाबिसमा अर्को पुरानो सामाजिक संस्था जनता क्लब पनि बिभिन्न सामाजिक कार्यमा सक्रिय छ। जिल्लाकै पुरानो सामाजिक संस्थामध्येको एक यो जनता क्लब भने बिसं २०३० सालमा स्थापना भएको हो।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News