भाेजपुरमा सुआहारा दोस्रो कार्यक्रम सञ्चालन हुँदै


 


suaaharaभाेजपुर, कार्तिक ८

भोजपुर जिल्लामा सुआहारा दोस्रो कार्यक्रम सञ्चालन हुने भएको छ । साेमबार जिल्ला विकासको सामुदायिक भवनमा भएको अभिमुखीकरणमा यस्तो बताइएको हो । स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेको सभापत्तिवमा भएको कार्यक्रममा जिल्ला विकास समितिका सुचना अधिकारी धनकुमार राईले बहुक्षेत्रिय पोषण योजनाको विषयमा सहजीकरण गरेका थिए ।

त्यस्तै स्वास्थ्य कार्यालयले पोषण स्थितिको सम्बन्धमा सहजीकरण गरेको थियो भने सुआहाराका जिल्ला संयोजक गोविन्द सेढाईले सुआहाराको परिचय, पहिलो चरणमा भएका प्रगती, आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरु, आर्थिक वर्षमा विनियोजित बजेट लगायतको विषयमा सहजीकरण गरेका थिए ।

अभिमुखीकरणमा यस आर्थिक वर्षमा ३ करोड ४३ लाख ५७ हजार ६२० रुपैंयाको बजेट प्रस्तुत गरिएको छ सुआहारा दोस्रो कार्यक्रम सन् २०१६देखी २१ सम्म सञ्चालन हुने भएको छ । युएसए आइडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम भोजपुरसहित ४० जिल्लामा लागु हुने भएको हो ।

यो कार्यक्रमबाट १५ लाख सर्वसाधारण लाभान्वित हुने भएका छन् । कार्यक्रममा जिल्लास्थित राजनितिक दल, कार्यलय, संघ संस्था, पत्रकार लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्