बुहारीको प्रेममा क्रुर बने बुवा, आफ्नै छोराको हत्या


 



एजेन्सी
भारतको राजस्थानमा एउटा अच्चमको घटना भएको छ । आफ्नै बुहारीको प्रेममा परेर बुवाले छोराको हत्या गरेको रहस्य खुलको छ ।

प्रहरीकाअनुसार घटना मे १२ बुधवार भएको को हो । श्रीमतीले श्रीमानलाई कागती पानीमा स्लीपिङ ट्याबलेट मिसाएर दिएको र त्यसपछि ससुरा र उनी मिलेर करेन्ट लगाई उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

तर, उनले आफ्नो छोराको मृत्यु करेन्ट लागेर भएको प्रहरीलाई बयान दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा मृतकका बुबा र श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाको यथार्थ बाहिर आएको हो ।

ससुरासँगको आफ्नो अनैतिक सम्बन्ध रहेको र श्रीमान बाधा बनेका कारण दुबै जना मिलेर हत्या गरेको उनले बयान दिएकी छिन् । हाल उनीहरुलाई प्रहरीले जेल चलान गरेको बछ ।

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्