Deshko News
१४ आश्विन २०८०, आइतबार

भाेजपुरमा कतिवटा स्थानीय तह बन्ने भए ?



भाेजपुर, कार्तिक ९

भोजपुरमा ९ वटा स्थानीय तह बनाउने प्रारम्भिक सहमती भएको छ । आयोगको पछिल्लो परिपत्र अनुसार जिल्लालाई ५ देखी ९ वटा सम्म स्थानीय तह बनाउन निर्देशन आएको र सोही निर्देशन अनुसार राजनितिक दलसहित सबै पक्षसँग प्रारम्भिक छलफल सम्पन्न गरिएको स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले बताए ।

सिमाङ्कन लगायतको विषयमा थप छलफल गरी अन्तिम टुङ्गोमा पुग्ने न्यौपानेको भनाई छ । पुर्नसंरचनाको विषयमा जिल्लाका दलबिच ठुलो विवाद नभएको हुनाले आपसी सहमतीबाट टुङ्गोमा पुग्ने बताइएकाे छ।

९ वटा स्थानीय तह बनाउने विषयमा दलहरू सहमत रहेकाे छन् । यसअघि भोजपुरका राजनितक दलले १३ वटा स्थानीय तहको माग राख्दै आएका थिए ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News