मुम्बईमा वर्षाको कहर : घर ढल्दा ११ जनाको मृत्यु


 


काठमाडौं, जेठ २७ 
मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो ।

दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् ।

दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको काम सुरु गरेको थियो । तर धेरै जनसंख्या बसोबास गर्ने र सानो बाटो भएका कारण घटनास्थल पुग्नै गाह्रो पयो । सानो बाटोका कारण एम्बुलेन्स, दमकल र जेसीभीलाई पनि घटनास्थल पुग्न समस्या भएको थियो ।

बृहन्मुम्बई नगर निगमले आसपासका तीनवटा भवन पनि खतरनाक स्थितीमा रहेकाले ती सबैलाई खाली गरिएको जनाएको छ ।

मुम्बई र आसपासका इलाकामा बुधबार लगभग दिनभर पानी परेको थियो । जसकारण धेरै इलाकाहरु डुबानमा परे । मौसम विज्ञान विभागले आज पनि घनघोर वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्