कोरोनाको डेल्टा भेरियन्ट कति देशमा फैलियो?



एजेन्सी, असार ११
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको छ । यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको छ । पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको छ । अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको छ ।

डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको जनाएको छ । डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फैलने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News