एनआरएनए जर्मनीको अध्यक्षमा निनाम्मा राईको उम्मेदवारी घोषणा


 


काठमाडौं, साउन १५

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्ष पदका लागि निनाम्मा राईले उम्मेद्वारी घोषणा गर्नु भएको छ । जर्मनी एनआरएनएको इतिहासमा नै पहिलो पटक महिला अध्यक्षको रुपमा उहाँको उमेद्वारी घोषणा भएको हो ।

हाल एनआरएनए जर्मनीको उपाध्यक्ष रहनुभएकी राईले स्वभाविक रुपमा अध्यक्षको रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा सँगै अध्यक्षकी उम्मेदवार रहनु भएको राईले आफ्ना केही कार्ययोजनाहरु समेत सार्वजनिक गर्नु भएको छ ।

एनआरएनए जर्मनीको एलसिसि सदस्य २००९-२०११ बाट जर्मनीमा रहने सम्पूर्ण नेपालीहरुको सेवामा आफूले तनमन दिदै आइरहेको राईको भनाइ छ । राई एनआरएनए जर्मनीको एल सि सि मा २०११-२०१३ महिला सह संयोजक, २०१३-२०१५ मा महिला संयोजक, २०१५-२०१७ मा कोषाध्यक्ष, २०१७-२०१९ कोषाध्यक्षको कुशल भूमिका निर्वाह गर्दै २०१९-२०२१ मा उपाध्यक्षको रुपमा रहनु भएको छ ।

आफ्नो उम्मेदवारीबारे राई भन्नुहुन्छ-‘लैङ्गीक समानता तथा महिला सशक्तिकरणका आवाजहरु बुलन्द भईरहेको वर्तमान परिप्रेक्षमा मेरो उमेद्वारी जर्मनीको एनआरएन अभियानमा एउटा कोसेढुङ्गा सावित हुनेछ ।’

युरोपका बिभिन्न क्षेत्रिय सम्मेलन बैठक देखी नेपालमा हुने माहाधिबेशनमा पटक-पटक सहभागिता जनाउनु भएको राईले आईसीसी र एनसिसी एनआरएनए जर्मनीका सबै नेतृत्वहरुसित काम गर्ने मौका पाउनुका साथै लामो अनुभव संचित समेत गर्नु भएको छ । 

जर्मनीभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुको हकहित, सुरक्षा तथा सवलिकरणका लागि  साथै एनआरएनए संस्था प्रति अपनत्वको भावना जगाउन आफ्नो विशेष पहल रहने उहाँको भनाइ छ ।  सबैले आफ्नै महसुस गर्न सक्ने एनआरएनए संगठनको निर्माण तथा सुद्दिकरण का लागि यहाँहरुको मलाई साथ र सहयोग रहने विश्वास सहित अत्याधिक मतका साथ विजयी गराउनुहुन अध्यक्षका उम्मेद्वार राईले अपिल समेत गर्नु भएको छ ।

प्रकाशित मिति: १५ असार २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्