सिरहामा माछापुच्छ्रे बैंककाे नयाँ शाखा


 


काठमाडौं, असार १६
प्रदेश नंं २ को सिरहा जिल्लामा माछापुच्छ्रे बैंकले सिरहा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आज कार्यालयको समुद्घाटन गरी बैंकको शाखा सञ्चालनमा ल्याएको हो ।

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो ।

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँशाखा सगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।

बैकले देशभर १६१ वटा शाखाहरु र १६५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्