मेस्सीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने


 


एजेन्सी, असार ३१
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेका छन् ।

मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्रमिक कटौतीका लागि समेत सहमत भएको बताइएको छ ।

बार्सिलोनासँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटी क्लबमा रुचि देखाएका थिए । ३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको पछिल्लो अनुबन्धन चार वर्षका लागि पाँच सय ९४ मिलियन डलरमा भएको थियो । उक्त सम्झौता गत जुन ३० मा सकिएको थियो ।

जोन लापोर्टा गत मार्चमा बार्सिलोनाका अध्यक्ष भएपछि मेस्सीले क्याम्प नाओमा बसिरहन इच्छा देखाएका थिए ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्