माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने



काठमाडौं, साउन ४
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौँको महाराजगञ्ज बाँसबारीमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै बैंकले सहमती पत्रमा हस्ताक्षर गरेको छ ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अस्पतालमा कोरोना बिशेष वार्डको स्थापना गरिदिन लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गर्नुभयो ।

सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News