चीनमा बाढीबाट १२ को मृत्यु


 


एजेन्सी, साउन ६
चीनमा बाढीबाट १२ जनाको मृत्यु भएको छ । बाढीका कारण जङ्गजाउ शहरमा उनीहरुको ज्यान गएको हो ।

बाढीका कारण स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् ।

अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ । सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।

बाढी आउनमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम भने तीव्र बनाएको विज्ञले बताएका छन् ।

प्रकाशित मिति: ६ श्रावण २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्