माछापुच्छ्रे बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम



काठमाडौं, साउन १५
माछापुच्छ्रे बैंक लिमिटेडले शुक्रमबार काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासव रीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाण्डौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडाका वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गर्नुभयो ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बैंकले हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदानगरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News