एनआरएनए जर्मनी अध्यक्ष उम्मेदवार निनाम्माको अपील- ‘हातेमालो गरेर सँगसंगै अगाडि बढौ’


 


काठमाडौं, साउन १५

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्ष पदका लागि साउन १५ अर्थात जुलाइ ३१ गते निर्वाचन हुँदैछ । नेतृत्वका लागि चुनावी मैदानमा निनाम्मा राई र मिलन पन्त हुनुहुन्छ । जर्मनीमा रहेका नेपालीहरु सर्वसम्मत नेतृत्व चयनका लागि भगिरथ प्रयास गरिरहनु भएको छ ।

निनाम्मा राईको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि उहाँहरु लाग्नु भएको हो । जर्मनी एनआरएनएको इतिहासमा नै पहिलो पटक महिला अध्यक्षको रुपमा राईको उमेद्वारी घोषणाले सर्वसम्मत नेतृत्व चयनमा दवाव सिर्जना भएको छ ।

अध्यक्षका उम्मेदवार राईले जर्मनीबासी नेपालीहरुमा एक अपील समेत जारी गर्नु भएको छ । एनआरएनएमा हामी मिलेर राम्रो बनाउँनु छ, सबैले हाम्रो भन्न लायक बनाउनु छ । आउनुस् हातेमालो गरौ साथमा साथ र काँधमा काँध मिलाएर सहकार्य गरौ, सत्कर्ममा लागौ, अगाडि हातेमालो गरेर सँगसंगै अगाडि बढौ, उहाँले अपीलमा भन्नु भएको छ ।

यस्तो छ अध्यक्षका उम्मेदवार निनाम्मा राईको अपील

जर्मनी निवासी आदरणीय आमा बुवा दिदी बहिनी तथा दाजु भाईहरु सम्पुर्णमा हार्दिक नमस्कार!

NRNA जर्मनीको NCC निर्वाचनको दौरानमा कसैले पर्दा अगाडि डटेर कसैले पर्दा पछाडि खटेर, अनि कसैले खुलेर कसैले मौन समर्थन गरेर, मनमनले जनजनले हरतरहले मलाई सहयोग पुर्याईरहनु भएको छ। उत्प्रेरणा शाहस र हौशला दिइरहनु भएको छ । आभारी छु तपाईहरुको यो माया ,सदभाव, सल्लाह सुझाव र शुभचिन्तनको लागि । सबैजना धन्यवादका पात्र हुनुहुन्छ ।

NRNA जर्मनी तपाई हाम्रो आफ्नै संस्था हो । संस्थाले आफ्नो नेतृत्व चयन गर्ने पनि यसैको एउटा निरन्तर प्रक्रिया हो । फरक यत्ति हो कि नेतृत्व चयन कहिले सर्वसम्मति बाट हुन्छ भने कहिले निर्वाचनको माध्यमबाट । हाम्रो आज सम्मको अनुभवलाई हेर्ने हो भने निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको बिरलै पाईन्छ । संस्थालाई गतिशिल चलायमान तथा प्रजातान्त्रिक बिधि र पद्दति बाट हिँडाउनको लागि स्वतन्त्र र निश्पक्ष निर्वाचन प्रजातान्त्रिक एवं सर्वोत्तम बिधि हो ।

त्यसैले आउनुस् हामी सबै मिलेर निर्वाचनको यो महाअभियानलाई सफल पारौँ । निर्वाचन एउटा उत्सव पनि हो, बिना डर धाक र हिच्किचाहट रुपमा यसमा सभागि बनौँ, संस्था बलियो बनाउन सहयोग गरौ संबर्धन गरौ संरक्षण गरौ । संघमा हामी मिलेर राम्रो बनाउनु छ, सबैले हाम्रो भन्न लायक बनाउनु छ । आउनुस् हातेमालो गरौ साथमा साथ र काँधमा काँध मिलाएर सहकार्य गरौ सत्कर्ममा लागौ अगाडि हातेमालो गरेर सँगसंगै अगाडि बढौ ।

उम्मेदवारको रुपमा म भएतापनि बिचार र कार्यक्रम हरु तपाईहरुको लागु हुनेछन भन्ने प्रतिवद्दता जाहेर गर्दछु। मतदान मेरो नाममा भएतापनि सफलताको वास्तबिक हकदार तपाईहरु हुनुहुनेछ। परिवर्तन खोजिरहेको समाजलाई रचनात्मक र सिर्जनात्मक् बनाउनको लागि साझा अभियान चलाऔ ।आउनुस् हामी सबै मिलेर संस्थालाइ राम्रो, हाम्रो र हाम्रा सन्ततिको बनाऔं। यसका लागि उत्साहपुर्ण रुपमा निर्वाचनमा सहभागिता जनाऔ ।

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्