मेसी किन बार्सिलोना छोड्न तयार भए ?


 


काठमाडौं, साउन २२
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लव बार्सिलोना छाड्ने भएका छन् । क्लबले बिहीबार विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो ।

विज्ञप्तिमा क्लव र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको जनाइएको छ छ । ‘एफसी बार्सिलोना र लियोनल मेसी नयाँ सम्झौता हस्ताक्षर गर्ने सहमतिमा पुगे पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण सफल हुन सकेन । त्यसैले मेसी बार्सिलोनामा रहने छैनन् ।’

खेलाडी र क्लबको इच्छा पूरा नभएकोमा दुवै पक्षलाई दुःखी भएको पनि बार्सिलोनाले जनाएको छ । क्लबका लागि पुर्‍याएको योगदानका लागि मेसीलाई बार्सिलोनाले धन्यवाद दिँदै सुखद भविष्यको कामना गरेको छ ।

करिब २१ वर्ष बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेल खेलेका छन् । यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि जितेका छन् । उनले कीर्तिमान छपल्ट बालोन डी’अर पनि जितिसकेका छन् । त्यसैले उनलाई बार्सिलोनाको इतिहासकै सर्वकालीन महान खेलाडी मानिन्छ ।

प्रकाशित मिति: २२ श्रावण २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्