अमेरिकाले थप ३ हजार सेना अफगानिस्तानमा पठाउँदै



काठमाडौं, साउन २९
अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई त्यहाँबाट फर्काउने भएको छ । ती कर्मचारीहरुलाई सहयोग गर्न उसले ३ हजार सेनाको टुकुडी अफगानिस्तान पठाउने भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले कर्मचारीहरुलाई योजनावद्ध रुपमा हटाउन लागिएको बताए । यसका बाबजुद दूतावास भने खुलै रहने उनले बताए ।

काबुलमा सुरक्षा अवस्था खराब हुँदै गएकाले दूतावासका कर्मचारीहरुको संख्या घटाउन लागिएको उनले बताए । पेन्टागनका प्रवक्ता जोन किर्बिले दूतावासका कर्मचारी फर्काउन तथा अफगान–अमेरिका स्पेशल इम्मिग्रेन्ट भिसा (एसआईभी) निवेदकहरुलाई सुरक्षा प्रदान गर्न ३ हजार सेना पठाउन लागिएको पुष्टि गरे ।

यी सैनिकहरु अफगानिस्तानमा लामो समय नबस्ने उनले बताएका छन् । ‘यो साँघुरो फोकससहितको अस्थायी मिसन हो,’ उनले भने । यद्यपि, आफूमाथि आक्रमण भएमा अमेरिकी सेनाले पनि जवाफ फर्काउने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News