१५० नेपाली बसेको होटल छाड्न तालिबानको आदेश


 


काठमाडाैं, भदौ १
तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारलाई तत्काल देश छाड्न आदेश दिएको छ ।

होटलमा रहेका एक सय ५० जना नेपाली सुरक्षागार्डसहित अन्य विदेशी नागरिकलाई विमानस्थलमा गएर बस्न उर्दी जारी गरेकाे हाे ।

हाेटलमा नेपालीसहित जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नागरिक छन् ।

होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएकाे अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ ।

होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ ।

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्