तालिबान कतिको धनी छ ? संगठन चलाउने पैसा कहाँबाट ल्याउँछ ? यी हुन् प्रमुख आय स्रोतहरु


 


एजेन्सी, भदौ १८
यस महिनामा तालिबानले लगभग सम्पूर्ण अफगानिस्तान कब्जा गरिसकेको छ। अबको केही दिनमा अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी देशका सेना अफगानिस्तानबाट बाहिरिने छन्। योसँगै विगत दुई दशक देखि दुई पक्षहरुबीच चलिरहेको संघर्ष सम्भवतः अन्त्य हुनेछ।

तालिबानका लागि गठबन्धन सेनासँगको संघर्ष निकै कठिन रह्यो। उसका सामू विश्वका धनी देशका सेनाहरु थिए जसलाई न पैसाको कमी थियो न आधुनिक हतियारको नै। यस मामिलामा तालिबानको अवस्था तुलनात्मक रुपमा कमजोर नै थियो।

एक अनुमान अनुसार २०११ मा तालिबान लडाकुहरुको संख्या ३० हजार थियो। तर २०२१ मा आइपुग्दा त्यो संख्या बढेर ७० हजारदेखि एक लाखको बीचमा पुगेको छ।

यस्तो स्थितिमा यति ठूलो संगठन र चरमपन्थी अभियानहरु चलाउनका लागी ठूलो आर्थिक सहयोगको आवश्यकता पर्दछ। तालिबानले यो आर्थिक सहयोग कहाँ बाट पाउँछ ? उसलाई देशभित्र वा बाहिर कहाँबाट मिल्छ आर्थिक सहयोग ?

आखिर तालिबान कती धनी छ ?
तालिबानले अफगानिस्तानमा १९९६ देखि २००१ सम्म शासन गरेको थियो। तर तालिबानको आम्दानीका बारेमा कसैलाई पनि ठोस जानकारी छैन। तालिबानसँगको सम्पत्ति र आम्दानीका बारेमा अनुमान भने लगाउन सकिन्छ। यद्यपि बीबीसीले अफगानिस्तान भित्र र बाहिर रहेका धेरै मानिसहरुसँग कुरा गरेर धेरै जानकारी जम्मा गरेको छ। बीबीसीका अनुसार तालिबानको आर्थिक अवस्था जटिल छ।

२०११ मा तालिबान को वार्षिक आय लगभग २९ सय करोड रुपैयाँ थियो। तर बीबीसीले खोजबाट २०१८ को अन्त्यसम्म उक्त आय बढेर ११ हजार करोेड पुगेको पत्ता लाग्यो। अबको केहि दिनमा तालिबान अफगानिस्तानको सरकार चलाउन गइरहेको छ। यस्तोमा उसको आर्थिक स्थिति धेरै माथि उकासिने अनुमान गर्न सकिन्छ।

तालिबानको आम्दानीका प्रमुख चार स्रोतहरु
तालिबानको बारेमा एउटा आम धारणा छ। उसको आम्दानीको मुख्य स्रोत अफिम र हेरोइन हो भन्ने गरिन्छ। तर यस विषयका जानकारहरु यो कुरा सही नभएको बताउँछन्।

विशेषज्ञहरुका अनुसार अफिमबाहेक तालिबानले आफ्नो कब्जामा रहेका क्षेत्रहरुमा लगाईने विभिन्न प्रकारका करहरुबाट पनि कमाई गर्दछ। यससँगै विदेशबाट दान र खनिजको व्यापार पनि उनको कमाईको स्रोत हो।

१. विदेशी दान
पूर्व अफगानिस्तान सरकार र अमेरिकी अधिकारीहरुले लामो समयदेखि पाकिस्तान, इरान, रसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार लगायत धेरै खाडी देशहरुले तालिबानलाई आर्थिक सहयोग प्रदान गरेको आरोप लगाउँछन्। तालिबानसँग ती देशको सम्बन्ध लामो समयदेखि रहिआएको छ। तर, यी देशहरुले यो तथ्यलाई कहिल्यै स्वीकार गरेका छैनन्।

यो पनि मानिन्छ कि खाडी देशहरु जस्तै साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, पाकिस्तानसहितका नागरिकहरुले तालिबानलाई व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन्।

विदेशबाट तालिबानलाई दिइने सहायताको सही आँकडा थाहा पाउन असम्भव छ। तर विज्ञहरुका अनुसार तालिबानलाई विदेशबाट लगभग ५०० मिलियन डलर अर्थात ३६ सय करोड रुपैयाँ प्राप्त हुन्छ। यसअघि एक अमेरिकी गुप्तचर रिपोर्टले अनुमान गरेको थियो कि तालिबानले २००८ मा विदेशबाट १०.६ करोड डलर पाएको थियाे।

२. औषधिको व्यापार
यो मानिन्छ कि तालिबानहरु लामो समयदेखि अफीम, हेरोइन जस्ता लागुऔषधको अवैध व्यापार गर्दै आएका छन्। अफगानिस्तान संसारमा अफीम र हेरोइनको सबैभन्दा ठूलो उत्पादक हो। हेरोइन अफिमबाट बनेको हुन्छ। एक अनुमान अनुसार अफगानिस्तानबाट १.५ देखि ३ बिलियन डलर बराबरको अफिम हरेक वर्ष अन्य देशहरुमा पठाइन्छ।

अफगानिस्तानका अधिकारीहरुका अनुसार तालिबानले किसानहरुलाई अफीम खेती गर्न लगाईरहेको छ र उनीहरुमा १० प्रतिशत कर लगाएको छ। यसबाहेक हेरोइन बनाउने प्रयोगशालाहरुबाट पनि कर संकलन गर्दछन्। यी सबैबाट तालिबानको आम्दानी १० देखि ४०० मिलियन डलर (७५०० देखि ३००० करोड रुपैयाँ) को बीचमा रहेको अनुमान छ।

२०१८ मा अमेरिकी कमाण्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा भनेका थिए कि तालिबानलाई उसको आयको ६० प्रतिशत आम्दानी अवैध लागुऔषधको व्यापारबाट आउँछ।

३. क्षेत्रहरुको कब्जा बढाउने
तालिबानको आम्दानी अफिमको खेती र बिक्रीबाट मात्र आउँदैन। यसको प्रमाण सन् २०१८ मा अफगानिस्तानका व्यवसायीहरुलाई लेखिएको खुला पत्र हो। जसमा तालिबानले उनीहरुलाई तेल, निर्माण सामग्री लगायत धेरै उत्पादनहरुमा कर तिर्न आग्रह गरेको थियो।

तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रका जनताहरुसँग विभिन्न वस्तुमा कर उठाउँछ। पछिल्ला दुई दशकहरुमा पश्चिमी देशको केही पैसा पनि तालिबान नाममा गएको छ। पछिल्लो दुई दशकमा विश्वका धेरै देशहरुको सहयोगमा देशमा सडक, विद्यालय, अस्पताल आदि बनाइयो। तर तालिबानले यी सबै परियोजनाहरुको लागी आउने सवारी साधनहरुबाट पैसा संकलन गर्यो।

यो पनि अनुमान गरिएको छ कि तालिबानले पश्चिमी देशहरुलाई सामान आपूर्ति गर्ने ट्रकहरुबाट हरेक बर्ष लाखौं डलर कमाउँछ। यसबाहेके अफगान सरकारद्वारा आम जनतालाई प्रदान गरिने सेवाहरुबाट पनि तालिबानले धेरै कमाएको छ। जब तालिबानले कुनै क्षेत्र कब्जा गर्छ त्यहाँबाट पैसासँगै धेरै सामान, सवारी साधन, हतियार आदि प्राप्त गर्दछ।

४. खानी र खनिज
अफगानिस्तान खनिज र बहुमूल्य पत्थरको मामलामा धेरै धनी छ। दशकौंदेखि देशमा जारी द्वन्द्वका कारण त्यसको पर्याप्त उत्खनन् तथा उपयोग भएको छैन। अफगानिस्तानका अधिकारीहरुका अनुसार देशको खनिजजन्य उद्योग हाल करिब एक अर्ब डलर बराबरको छ।

देशमा धेरैजसो खनन सानो स्तरका छन् यो अधिकांश अवैध रूपमा गरिन्छ। तालिबान यसलाई नियन्त्रण लिई कानूनी र अवैध सबै प्रकारको खननबाट धेरै पैसा जम्मा गर्दछ। सन् २०१४ मा संयुक्त राष्ट्रसंघको एक रिपोर्टले तालिबानले हेलमान्ड प्रान्तमा २५ देखि ३० अवैध खानी परियोजनाहरुबाट हरेक वर्ष एक करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो।

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्